पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समुन्द्रमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।  

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइ समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । 

नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले जानकारी दिनुभयो ।