पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय योग दिवसका अवसरमा जडिवुटीसम्बन्धी चेतनामुलक कार्यक्रम

अच्युत अर्याल । राष्ट्रिय योग दिवसका अवसरमा रसुवाको उत्तरगया गाँउपालिकामा रहेको लहरेपैवा आयुर्वेद औषधालयले स्थानीय जडिवटीको प्रयोग र महत्वका बारेमा चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

माघ १ गते राष्ट्रिय योग दिवसको अवसर पारेर आज औषधालयले महिला स्वयंसेविका र स्थानीय जनातालाई जडिवुटी, योग र आयुर्वेदका विषयमा १ दिने कार्यक्रम आयोजना गरिएको उत्तरगाया आयुर्वेद औषधालयका प्रमुख दिनेश शाहले जानकारी दिनुभयो ।

त्यस अवसरमा उत्तरगया गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष केशरबहादुर बुलुङले कौडीको मूल्यमा खेर गैरहेको जडिवुटीबाट बनेका महगा औषधिहरु प्रयोग गरिरहनु परेको अवस्थामा यस किसिमको कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदाको प्रयोगमा योगदान पु¥याउने बताउनुभयो ।

गाँउपालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा नै योग र जडिवुटीको विकासलाई समावेश गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको वडा नम्बर ४ का सदस्य दयाराम आचार्यले जानकारी दिनुभयो ।

आजको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको र डाक्टर हिमाल श्रेष्ठ र कविराज दिनेश शाहले प्रशिक्षण दिनुभएको थियो ।