पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मन्त्री बाँस्कोटाद्धारा शहरी विकास मन्त्रालयको समेत पदभार ग्रहण

radionepal

सरिता खनाल । सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । 

मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री बाँस्कोटाले विकास लागत कम गर्नका लागि एकिकृत वस्ती निर्माण जरुरी रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले परिवारका सदस्यहरुले व्यस्त जीवनशैलीका कारण हेरचाह गर्न नसकेका अभिभावकलाई सशुल्क रुपमा हेरचाह गर्ने व्यवस्था गर्नेगरी यसै वर्षभित्र काठमाडौंमा बाजेबज्यै पार्र्क स्थापना गरिने उल्लेख गर्नुभयो  ।

उहाँले व्यस्तताका कारण अभिभावकले समय दिन नसक्ने बालबालिकाका लागि पनि आवश्यक मापदण्ड बनाएर पार्कको स्थापना गरिने बताउनुभयो ।