पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचन आयोगद्धारा चुनाव चिन्ह प्रदान

radionepal

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचनमा भाग लिने सबै उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहित ६ वटा राजनीतिक दलका तर्फबाट जम्मा ४५ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनु भएको निर्वाचन आयोगले जनाएको छ ।