पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

न्यु डायमण्ड महिला भलिबलको सेमिफाइनल समीकरण पुरा

काठमाडौं । राजधानीमा जारी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिरकण पुरा भएको छ । 

नेपाल एपिएफ क्लबले सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली र आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब सेमिफाइनलमा पुगेका छन् । अर्को सेमिफाइनल न्यु डायमण्ड र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

समूह ‘ए’ को अन्तिम खेलमा आर्मीलाई हराउँदै समूह एपिएफ विजेता बनेको हो । अब समूह एको विजेता एपिएफले बीको उपविजेता पुलिस तथा समूह ए को उपविजेता आर्मीले आयोजक न्यु डायमण्डको सामना गर्नेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।