पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पूँजीबजार आर्थिक विकासको सूचकको रुपमा विकसित हुने 

radionepal

भुवनप्रसाद आचार्य । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी दिनमा नेपाली पूँजीबजार नेपालको आर्थिक विकासको सूचकको रुपमा विकसित हुने विश्वास व्यक्त गर्नु भएको भएको छ ।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानालाई शुक्रवार अर्थ मन्त्रालयमा शपथ गराए पछि बोेल्दै अर्थमन्त्री खतिवडाले उहाँको कार्यकालमा नियमनकारी निकायहरु, अपरेटरहरु तथा आम लाभग्राहीहरु बीचमा सुमधुर र समन्वयात्मक सम्बन्ध विकास हुने र आईपियो जारी गर्दा अनुमानयोग्य र वस्तुनिष्ठ मापदण्ड तय गर्ने लगायतका संभावित जोखिम न्युनिकरण हुने विश्वास व्यक्त गर्नु भयो । 

अर्थमन्त्री खतिवडाले नयाँ अध्यक्षको कार्यकालमा पूँजीबजारको विकास एवं विस्तार, वित्तीय क्षेत्रको विकासरणनीतिको प्रभावकारी कार्यान्वयन र पूँजीबजारको नियमन जिम्मेवार र जवाफदेहीरुपमा हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

शपथग्रहण कार्यक्रममा नेपाल धितोपत्र बार्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुगानाले आपनो कार्यकालमा नेपालको पूजीबजारको स्थायित्व, दायरा विस्तार, नीतिगत तथा कानुनी सुधार। सूचना प्रविधिमा आधारित धितोपत्र बजारको विकास र व्यवसायिकतामा अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

नेपाल सरकारले ढुंगानालाई यही पुष २१ गते नेपाल धितोपत्र बार्डको अध्यक्षमा नियुक्त गरेको थियो ।