पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘समृद्धिसँग जोडिएका आयोजना प्राथमिकतामा छन्’

ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्धिसँग जोडिएका सडक तथा पूर्वाधारका आयोजनामा सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ । 

आज उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना र प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा जाने सडकको अवलकोनपछि मन्त्री नेम्वाङले आर्थिक सामाजिक हिसाबले लाभदायक र आवश्यकताको पहिचानसहित प्राथमिकता निर्धारण गरी भौतिक पूर्वाधारको विकासमा सरकार जुटेको बताउनुभयो ।

मन्त्री नेम्वाङले उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्गलगायतका रणनीतिक महत्वका सडक आयोजना सरकारको प्राथमिकतामा परेको बताउनुभयो ।

मन्त्रीसँगको भेटमा ताप्लेजुङवासीले ठूला सडक आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्नुपर्ने माग गरेका थिए ।