पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चार वटा सिमेन्टको गुणस्तर चिन्ह स्थगन

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले चार वटा सिमेन्टको नेपाल गुणस्तर चिन्ह(एनएस) स्थगन गरेको छ । विभागले उद्योगबाट उत्पादित सिमेन्ट नेपाल गुणस्तर अनुसार नभएको भन्दै एनएस चिन्ह स्थगन गरेको हो ।

विभागका अनुसार विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, आरएमसी सिमेन्ट र हिमालयज सिमेन्टको एनएस स्थगन गरेको हो । विभागका अनुसार विशालको पीपीसी सिमेन्टमा एमजिओ ६ दशमलब ४ प्रतिशत भेटिएको छ ।

गुणस्तर मापदण्ड अनुसार एमजिओ ६ प्रतिशत हुनुपर्नेछ । इन्टरनेशनल सिमेन्टको ओपिसी ब्राण्डमा ६ प्रतिशत एमजिओ पाइएको छ । गुणस्तरले एमजिओ पाँच प्रतिशत हुनुपर्ने उल्लेख छ । 

यो सिमेन्टमा (इन्स्लोबल रेसिड्यू) आइआरको मात्रा पनि ४ दशमलब ९ प्रतिशत पाइएको छ । आइआरको मापदण्ड दुई प्रतिशत तोकेको छ ।

आरएमसी सिमेन्टको ओपिसी ब्राण्डमा एमजिओ ७ दशमलब २ प्रतिशत पाइएको छ । हिमालयज सिमेन्टको पीपीसी ब्राण्डमा आइआर २९ दशमलब ३ प्रतिशत पाइएको छ ।