पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेस असन्तुष्ट पक्षः जिल्ला सभापतिहरुको भेला जारी

radionepal

विमल ज्ञवाली । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बहुमतको आधारमा गरेको निर्णयप्रति असन्तुष्ट रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको  काँग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि पार्टी कार्यालय सानेपामा जारि रहयो ।

आजको भेलामा १३ जना सभापतिहरुले विधि र पद्धतिबाट पार्टी सञ्चालन गर्नुपर्ने र पुष ११ गतेको केन्द्रीय समितिको बैठक सच्याउनु पर्ने धारणा राख्नुभएको काँग्रेस नेता अर्जुन नरसिंह केशीले जानकारी दिनुभयो । 

एकलौटी रुपमा महाधिवेशनको मिति तोकिएको तथा विधान विपरीत गएर केन्द्रिय समितिबाट गरिएका निर्णय आफुहरुलाई मान्य नहुने भन्दै परामर्श गर्न भनेर रामचन्द्र पौडेल समुहले जिल्ला सभापतिहरुलाई काठमाडौमा बोलाएर हिजोदेखि छलफल थालेको छ ।

भेला भोलीसम्म चल्ने छ ।