पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा सचिवालयको निर्णय : केन्द्रीय समितिको बैठक माघ १५ सम्म स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुस २३ गतेदेखि हुने भनेको केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।

राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने कारणभन्दै नेकपा सचिवालयले पूर्वनिर्धारित पार्टी केन्द्रीय कमिटीको बैठक २०७६ माघ १५ गतेको लागि सारेको हो ।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न नेकपा सचिवालयको बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।