पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस उम्मेदवार चयन    

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियस सभाको माघ ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको टुङ्गो लगाएको छ । 

प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा, मिना पुलामी मगर, राजेन्द्र घिमिरे, प्रदेश नं २ बाट नगिना यादव, भोला पञ्जियार, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा उपाध्यायलाई उम्मेदवार चयन गरेको नेपाली काँग्रेसले जनाएको छ ।  
       
यसैगरी, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी, विमला गौचन, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने, मेराज हलवाई, कर्णाली प्रदेश बाट डिल्लीराम पाठक, सावित्री पौडेल र सुदुरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना, तुलसी देवकोटा  चयन हुनुभएको छ ।
  
काँग्रेसले राष्ट्रियस सभा निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । 

सहमति अनुसार प्रदेश नं २ मा हुने चार सदस्य पदको निर्वाचनमा काँग्रेस र समाजवादी पार्टीले दुई–दुई पदमा उम्मेदवारी दिनेछन् ।