पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ’

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताउनुभएको छ । 

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो ।

पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्न सक्ने चेतावनी पनि दिनुभयो ।