पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेसले मनायो ४४ औँ मेलमिलाप दिवस 

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई स्मरण गर्दै आज विभिन्न कार्यक्रम गरी ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । 

नेपाली काँग्रेसले मेलमिलाप दिववको उपलक्ष्यमा आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, ¥याली, कोणसभा लगायतका कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाएको हो ।  

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्कनुभएको थियो । 

तर, हाल नेपाली कांग्रेस राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा पनि गुटगत राजनीतिबाट माथि उठ्न नसकेको विश्लेषकहरुको भनाई छ ।