पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा पुरस्कार प्रदान

अच्युत अर्याल । रमेश विकल साहित्य प्रतिष्ठानले बाह्रौं विकल स्मृति दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने महानुभावहरुलाई सम्मान गरेको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित व्यक्तिहरुलाई सम्मान एवम् पुरस्कार प्रदान गर्नुभयो ।

शताब्दी पुरुष जोशीले रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार एवम् पत्रकार भैरव रिसाल, रमेश विकल सुशीला समाज सेवा पुरस्कार समाजसेवी सुदर्शन सिग्देल र रमेश विकल सृजना पुरस्कार किशोर पहाडी, रमेश विकल बालसाहित्य पुरस्कार प्राध्यापक डाक्टर ध्रुव घिमिरे, रमेश विकल सुशीला सङ्घर्षशील नारी सेवा पुरस्कार रेणु शर्मा उप्रेती र रमेश विकल सङ्गीत पुरस्कार शिशिर योगीलाई प्रदान गर्नुभयो ।