पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्णाली प्रदेश सरकारद्वारा ‘छोरी बैंक बचत’ खाता शुभारम्भ 

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । 

चालू आर्थिक वर्ष २०७६–७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुरु गरेको हो । 

प्रदेशका १० वटै जिल्लामा लागू गरिएको कार्यक्रमका लागि ७ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।