पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैनः गृहमन्त्री    

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताउनुभएको छ । 

काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्य पथबाट विचलिन नहुन निर्देशन दिनुभयो ।

गृहमन्त्री थापाले सङ्गठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्काे विकल्प नरहेको बताउनुभयो ।
     
गृहमन्त्री थापाले सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यवसायिक धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो ।