पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हिमालयन एयरलाइन्सको क्वालालम्पुरमा पुनः उडान शुरुवात

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुवात गरेको छ ।

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले सोमबारदेखि क्वालालम्पुर सीधा उडान शुरु गरेको बुधबार विज्ञप्तिमार्फत जनाएको छ । 

नेपाल भ्रमण वर्ष २०२० को सङ्घारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो तर वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । 

क्वालालम्पुर गन्तव्यमा हिमालय एयरलाइन्सले सोमबार र मङ्गलबार उडान भर्ने छ ।