पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा

भुवनप्रसाद आचार्य । सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालको तर्फबाट विभिन्न खेल विद्यामा पदक प्राप्त गर्ने २०६ जना खेलाडी तथा प्रशिक्षहरुलाई सहयोग राशीको घोषणा गरेको छ ।

खेलाडीहरुलाई खेलप्रति आर्षषित र प्रोत्साहन गर्न सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकमको घोषण गर्नु भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह पुरस्कार रकम घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १ स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, एक भन्दा बढी स्वर्ण पदक पाउने लाई ११ लाख, रजत पदक पाउनेलाई ६ लाख र  कास्य पदक प्राप्त गर्ने खेलाडीलाई ३ लाख पुरस्कार दिने घोषण गर्नु भयो । 

त्यसै गरी प्रधानमन्त्री ओलीले सामूहिक खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई जनही ५ लाख र स्वर्ण पदक दिलाउन सफल कोचलाई ५ लाख दिने पनि घोषण गर्नु भयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक नेपाली खेलाडीहरुले आश्चर्यजनक नतिजा ल्याउन सफ भएको भन्दै बधाइ दिनु भयो । प्रधानमन्त्री ओलीले सरकारले घोषण गरेको पुरस्कारबाट खेलाडीहरलाई प्रोत्साहन हुन गई आगामी प्रतियोगिताहरुमा अझ राम्रो नतिजा ल्याउन सफल हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपाली खेलाडीहरुले आगामी दिनमा नेपालको खेललाई अझ उत्कष्ट र विश्वस्तरीय बनाउन खेलाडीहरुले अहिले बनाएका आफना कीर्तिमानहरुलाई आफैले तोड्ने अठोटका साथ अघि बढनु आवश्यक भएको बताउनु भयो ।