पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘पुँजीको अभिवृद्धि गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्न जरुरी’

जगत साउद, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न राष्ट्रिय पुँजीको अभिवृद्धि गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्न जरुरी रहेको बताउनु भएको छ ।

सुदूरपश्चिम वित्तिय प्रदेश सम्मेलनको आज कैलालीको धनगढीमा उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले बाह्य लगानी भित्र्याउन सुरक्षित लगानीको बातावरण सृजना गर्नुु पर्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले मुलकका प्राकृतिक स्रोत, साधन, जलविद्युत, पर्यटनमा धनि रहेको सुदूरपश्चिम प्रदेशका योजनालाई वैज्ञानिक, वस्तुवादी बनाउन सकिए विकासमा फड्को मार्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले उत्तर दक्षिण जोड्ने ताक्लाकोटा, उरै नाका सञ्चालन गरी कनेक्टीभीेटि बढाउनेतर्फ सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बित्तिय सम्मेलनले बित्तीय पहुचमा बृद्धि गरि प्रदेशलाई आर्थिक समृद्धिको यात्रा अघि बढाउन सहयोग पुग्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले राष्ट्रिय रोजगार प्राधिकरण बनाउने सरकारको योजना रहेको बताउनु भयो ।

उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले आगामी पाँच बर्ष भित्र सवै स्थानीय तहमा ग्राम उद्योग स्थापना गर्ने नीति अनुरुप २१ वटा ग्राम उद्योगका लागि सिफारिस भएको जानकारी दिनुभयो ।