पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । 

मुस्ताङमा जिल्लामा उत्पादन भएको स्याउमध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको हो ।

मुस्ताङमा १ हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुने गरेको छ ।

मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ । 

ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताउनुभयो । 

स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी लगायत परिकार बनाएर विदेशमा समेत निकासी हुने गरेको छ ।