पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ग्लोबल आइएमई बैंकद्वारा एकीकृत कारोबार शुरु

काठमाडौं । ग्लोबल आइएमई बैक र जनता बैक एक आपसमा गाभिएर बनेको ग्लोबल आइएमई बैंकले शुक्रबारबाट एकीकृत वित्तीय कारोबार शुरु गरेको छ ।

यो प्रक्रियासंगै गाभिएर बनेको ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । मर्जसँगै ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी १९ अर्ब भन्दा बढी पुगेको छ भने कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ ।

यसैगरी निक्षेप दुई खर्ब १३ अर्ब, कर्जा एक खर्ब ९४ अर्ब रुपैयाँ र ग्राहक संख्या २० लाखभन्दा बढी पुगेको बैंकले जनाएको छ ।