पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सीमा विवादको कुटनैतिक तवरबाट समाधान खोजिने’

जगत साउद, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी–लिपुलेक सीमा विवादका विषयमा कुटनैतिक तवरबाट समाधान खोजिने बताउनुभएको छ । 

प्रेस संगठन नेपालद्धारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सीमा विवादबारे भारत सरकारसँग कुटनैतिक पहलका लागि विशेष दूत पठाउनेबारे छलफल भएपनि अन्तिम निर्णय हुन बाँकी रहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले सबै जनताको बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनको रक्षाका लागि सबै परिवर्तनकारी पक्षधर एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष प्रचण्डले विकासले जनअपेक्षा अनुसार गति लिइरहेको उल्लेख गर्नुहुँदै सरकार पुनर्गठनपछि बनेका मन्त्रीहरुले जनचाहना अनुसार नै काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।