पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारततर्फको निर्यात ३५ दशमलव आठ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा नेपालबाट भारततर्फको निर्यात ३५ दशमलव आठ प्रतिशतले बढेको छ । भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा सात खर्ब ६४ अर्ब ३० करोड थियो । चालू आवमा चीनतर्फ १९ दशमलव नौ र अन्य मुलुकतर्फ ११ दशमलव सात प्रतिशतले निर्यात घटेको भए पनि यस अवधिमा कूल १४ दशमलव चार प्रतिशतले समग्र निर्यातमा वृद्धि भएको छ । 

चीन र अन्य मुलुक तर्फ भने नेपालको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६–७७ को असोज मसान्तसम्म भारततर्फ २७ अर्ब १७ करोड बराबर निर्यात भएको छ । 

भारततर्फ नेपालले पाम तेल, अलैँची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) वस्तुको निर्यात बढेको छ भने चीन र अन्य मुलुकतर्फ जस्तापात, जुस, तयारी पोसाक, ऊनी गलैँचा, तार लगायतका वस्तुको निर्यात घटेको छ ।