पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘नेपाल र चीनबीच जनस्तरको सम्बन्ध घनिष्ठ बन्दै’

प्रवीण । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन र  नेपालबीचको जनस्तरको सम्बन्ध घनिष्ट बन्दै गएको बताउनु भएको छ ।

नेपाल चीन मिडिया फोरमले  आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले चाँडै नै आफुले चीन भ्रमण गर्न लागेको जानकारी दिनु  भयो ।  

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको हालैै भएको नेपाल भ्रमणले दुई देशको  सम्वन्धलाई नयाँ उचाईमा पुरयाएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल र भारत वीच देखिएको  सीमा विवाद  समाधान गर्ने महत्वपुर्ण अवसर आएको बताउनुहुदैं चीन, भारत र नेपालबीच त्रिदेशीय सम्बन्धलाई अघि वढाउदै समस्याको समाधान गर्नूपर्नेमा जोड दिनुभयो ।   

अध्यक्ष प्रचण्डले हाल कायम भएको  राष्ट्रिय सहमतिलाई सीमा समस्या सामाधान गर्ने अनुकुल अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले  नेपाल र चीनबीचको  सम्बन्धलाई आर्थिक विकासमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा अन्तराष्ट्रिय  विभागका उपप्रमुख विष्णु  रिजालले  नेपाल र चीनबीचको  सम्बन्ध नयाँ उचाईमा पुग्दा यसको फाईदा दुबै देशले लिन सक्ने उल्लेख गर्नु भयो ।  

नेपाल स्थित चीनियाँ दुतावासका राजनीतिक तथा प्रेस विभाग प्रमुख वाङ सिलोङ र फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीन र नेपाली सँचार जगतबीचको सम्बन्ध अझ प्रगाढ बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।