पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कैलाली र कञ्चनपुरमा साँढे चार लाख मेट्रिक टन धान उत्पादन

कैलाली । यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साँढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । 

कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन वृद्धि भएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशकै अन्न भण्डार मानिने कैलालीमा ७१ हजार हेक्टर र कञ्चनपुरमा ३८ हजार हेक्टरमा धान उत्पादन हुँदै आएको भट्टको छ ।

कैलाली र कञ्चनपुरमा करीब ७०० हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नफल्दा किसान मर्कामा परेका छन् ।