पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपनिर्वाचनका लागि मतपत्र ढुवानी शुरु

अच्युत अर्याल । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी सुरु गरेको छ ।

उपनिर्वाचनका लागि मतपत्र छाप्ने कार्य पुरा भएसँगै आजदेखि मतपत्र र मतदाता परिचयपत्रको ढुवानी सुरु गरिएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । 

उपनिर्वाचनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रम भोलिदेखि यही मंसिर ११ गतेसम्म सञ्चालन गर्ने र त्यसका लागि प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइने आयोगले जनाएको छ ।