पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साग, महिला भलिबलः नेपालको पहिलो खेल भारतसँग

अजय बम । १३ औं साग अन्तर्गत नेपाली महिला भलिबल टिमले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

प्रतियोगिताको समुह ए मा रहेको नेपालले दोस्रो दिन आफ्नो पहिलो खेल खेल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र बंगलादेश खेल्नेछन । समुह ए मा नेपाल, बंगलादेश र भारत रहेका छन् ।

समुह ‘बि’ मा पाकिस्तान,माल्दिभ्स र श्रीलंका रहेका छन् । केही समयअघि बंगलादेशमा भएको सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा उपाधि जितेको नेपाली महिला भलिबल टिम आफ्नै घरमा हुन लागिएको सागमा उपाधिको दोबदार टोलीको रुपमा रहेको छ । सबैभन्दा बलियो प्रतिद्वन्दी भारतविरुद्ध नेपालले जितको अपेक्षा गरेको छ ।

सेन्ट्रल जोन भलिबलको उपाधि जितेपछि हाल सम्मान पाइरहेको महिला भलिबल टिमले तयारी पनि सुरू गरिसकेको छ । जसका लागि अरुणा शाही कप्तानीमा टिमको घोषणा पनि भइसकेको छ ।

दक्षिण एशियाली खेलकुद सागको मिति नजिकिँदै गर्दा पोखरा रंगशालामा दर्शक बस्ने प्याराफिट फिटिङको काम धमाधम सुरु भएको छ । तोकेको मिति भन्दा पछाडी प्याराफिटको सामाग्री पुगेकाले पोखरा रंगशालामा दर्शकको क्षमता पनि घटाइने भएको छ ।

सुरुवातमा १८ हजार दर्शक क्षमताका लागि प्याराफिट राखिने भएपनि समय अभावका कारण त्यो संख्या घटाएर १० हजारमा पुर्याइएको छ । सागका लागि तत्काल अस्थाई किसिमको प्याराफिट राखिन थालेको छ ।

रंगशालामा सरकारले १८ हजार दर्शक क्षमता र अन्य सुविधाका लागि १ अर्व २५ करोड रुपैयाँ बजेट छुट्याएको छ । पोखरा रंगशालामा महिला फुटबलको आयोजना हुने तालिका रहेको छ ।