पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अध्यक्षद्धयको कार्यविभाजन : प्रधानमन्त्री ओलीलाई सरकार र प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मा

radionepal

प्रमोद दाहाल /अर्जुन श्रेष्ठ
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी– नेकपा सचिवालयको बैठकले अध्यक्षद्धयको कार्यविभाजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षद्धयको वरियतालाई कायमै राख्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सञ्चालनको जिम्मेवारी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालको जिम्मेवारी तोकिएको जानकारी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार, तर पार्टीले दुबै अध्यक्षको सहमतिमा मात्र निर्णयहरु लिनेछ ।