पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सञ्चार सचिव सुवेदीद्धारा पदभार ग्रहण

भुषण पोखरेल,काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका नवनियुक्त सचिव दिपक सुवेदीले आज मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको छ ।प्रदेश नम्मर दुईको प्रदेश सचिवको रुपमा एक वर्ष काम गरिसक्नु भएका सचिव सुवेदीलाई सरकारले सञ्चार सचिवको रुपमा सरुवा गरेको हो ।

पदभार ग्रहणपछि मन्त्रालय र उक्त मातहतका कर्मचारी र विभागीय प्रमुखहरुलाई सम्बोधन गर्दै सचिव सुवेदीले सरकारको नीति र ऐन नियम अनुसार काम गर्न निर्देशन दिनुभयो ।सचिव सुवेदीले सञ्चार मन्त्रालय र मातहतका निकायले सर्वसुलभ र जनअपेक्षा अनुरुप काम गर्नु पर्नेमा जोड दिनु भयो ।