पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वडाअध्यक्ष घुससहित पक्राउ

मोरङ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष उमेशकुमार साहलाई घुस रकमसहित पक्राउ गरेको छ ।
 
स्थानीय ग्राभेल सडक निर्माण योजनाको सम्झौतमा सहजिकरण गरिदिने प्रयोजनका लागि २१ हजार रुपैयाँ घुस रकम लिएको अवस्थामा वडाध्यक्ष शाहलाई आयोगको कार्यालय इटहरीबाट खटिईएको टोलीले आज पक्राउ गरेको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।