पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

परासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । 

नेकपा पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले समृद्धिको आधार तयार पारिसकेको र मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे बताउनुभयो । 

अबको दश वर्षभित्र नेपाललाई मध्यम आय भएको देशका रुपमा स्थापित गर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।