पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिद्धबाबामा सुरुङमार्गका लागि १० अर्ब बजेट

काठमाडौं । अर्थ मन्त्रालयले बुटवल–पाल्पा सडकको सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपियाा बराबरको स्रोत सुनिश्चितता गरेको छ । 

अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा सुरुङमार्ग निर्माणका लागि स्रोतको सुनिश्चितता भएको सहमतिपत्र आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ ।

सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड–२०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन स्वीकृति दिएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ ।  

सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र अब डिपिआरले तय गरेका आधारमा सुरुङमार्ग निर्माणका लागि काम शुरु हुने सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभयो ।