पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बङ्गलादेशका राष्ट्रपति हमिद स्वदेश प्रस्थान   

radionepal

सुरेन्द्रमणि त्रिपाठी
काठमाडौँ
– नेपालको चार दिने औपचारिक सद्भावना भ्रमणमा रहनु भएका वंगलादेशका राष्ट्रपति मोहम्मद अव्दुल हमिद केहिवेर अघि स्वदेश प्रस्थान गर्नु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्या देवी भण्डारीले वंगलादेशका राष्ट्रपति हमिदलाई बिदाई गर्नुभयो ।

बिदाई समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, गृहमन्त्री राम बहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

बिदाईका अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । चार दिने नेपाल भ्रमणका लागि बंगलादेशका राष्ट्रपति हमिद कार्तिक २६ गते नेपाल आउनु भएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति,उपराष्ट्रपति प्रधानमन्त्री पूर्व प्रधानमन्त्री परराष्ट्रमन्त्री लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।