पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरहामा कात्र्तिक कुम्मर महोत्सव सम्पन्न

संजय विश्वकर्मा/रेडियो नेपाल  
लहान २७, कात्र्तिक । 

सिरहाको कल्याणपुर नगरपालिकामा तिन दिने कात्र्तिक कुम्मर महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवमा   कलश यात्रा , पहलमानी , सामाचकेवा , स्थानिय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको   आयोजक मुल कमिटिका अध्यक्ष प्रमोद यादवले जानकारी दिनुभयो । 
 सिरहाको र धनुषा जिल्लाको सिमानामा महोत्सव भएकोले प्रत्येक वर्ष झै  यसवर्ष पनि मंगलवार   कमला स्नान गर्न लाखौं श्रद्धालुहरु  नेपालका सिरहा , सप्तरी , धनुषा , महोत्तरी , लगायतका जिल्लाहरुबाट  आएको समितिका सल्लाहकार कुशेश्वर साहले जानकारी दिनुभयो ।   कार्तिक पूर्णिमाको दिन कमला स्नान गरेपछि तान्त्रिक विद्यामा सिद्धि प्राप्त हुने जनविश्वास रहेको कारणले यसलाई स्थानियहरुले भुत–मेला पनि भन्ने गरेको छ । कल्याणपुर नपा  वडा नं. ४, ५ र ६ को आयोजनामा भएको महोत्सव  पुर्ण रुपमा धार्मिक , सांस्कृतिक  महोत्सव रहेको थियो ।