पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु
नवीन गिरी, नेपालगञ्ज । बाँकेमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
आज बिहान ९ बजेतिर राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ति सामुदायिक वनमा घाँस काट्न गएकी वडा नम्बर ८ बालापुरकी ६० वर्षीय ठगी खड्काको पाटेबाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
यसअघि गत आइतबार पनि चितुवाको आक्रमणबाट कोहलपुर नगरपालिका बडा नम्बर १३ की ६५ बर्षीया काली बस्नेतको मृत्यु भएको थियो ।