पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालापानी र लिपुलेक नेपालकै अभिन्न भूभागः वरिष्ठ नेता नेपाल

अजय कुमार झा, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले लिपुलेक र कालापानी नेपालकै अभिन्न भूभाग भएको बताउनु भएको छ ।

धनुषाको जनकपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै वरिष्ठ नेता नेपालले नेपालको ऐतिहासिक क्षेत्रको रुपमा रहेका कालापानी र लिपुलेकका सम्बन्धमा कैयन प्रमाणिक तथ्यहरु भएकाले यसमा कसैको हस्तक्षेप उचित नहुने बताउनु भयो ।

नेता नेपालले नेकपा जहिले पनि नीति र सिद्धान्त अनुसार चल्नुपर्ने पक्षमा आफ्नो अडान रहेको बताउनुभयो ।