पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमसीसी विरुद्धको तीन दिवसीय खेलमा नेपाल पराजित

अजय बम । एमसीसी विरुद्धको तीन दिवसीय खेलमा नेपालले २०८ रनको हार ब्यहोरेको छ । 

पहिलो इनिङमा पनि ब्याटिङका कारण न्यून रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराव ब्याटिङ गर्याे । जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१  र सन्दिप लामिछानेले २५ रन बनाए । कीर्तिपुर क्रिकेट मैदानमा नेपालले सुरुवात राम्रो गर्न सकेन ।

एमसीसीले पहिलो पारीमा तीन सय ६४ रन बनाएको थियो । जवाफमा नेपाल एक सय ५३ रनमा अलआउट भएको थियो । 

त्यसपछि एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपाल दुबै पारीमा असफल बन्यो ।