पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

radionepal

अच्युत अर्याल । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदमा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का विद्या भटृराई, नेपाली काँग्रेसका खेमराज पौडेल सहित विभिन्न दल र स्वतन्त्र गरी २२ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा मनोनयनपत्र दर्ता गराउनु भएको आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को १ प्रदेश सभा सदस्य पदमा लागि नेकपाका तर्फवाट देवीप्रसाद ढकाल, नेपाली काँग्रेसका कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीका निरज लवजू सहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा मनोनयनपत्र दर्ता गराउनु भएको छ ।


बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को २ प्रदेश सभा सदस्य पदमा लागि नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही सहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनु भएको छ । 

दाङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ को २ प्रदेश सभा सदस्य पदमा  रिक्त पदमा कम्युनिष्ट पार्टी (नेकपा) का बिमला कुमारी खत्री, नेपाली काँग्रेसका केशव राज शर्मा विभिन्न राजनीति दल र स्वतन्त्र गरी १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनु भएको आयोगले जनाएको छ ।

आगामी मंसिर १४ गते कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य र भक्तपुर, बागलुङ एवं दाङ जिल्लामा प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको हो ।