पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महिला उद्यमीको संख्या दोब्बरले वृद्धि

सूर्यप्रसाद अधिकारी, चितवन । चितवनमा चालू आर्थिक वर्ष २०७६–०७७ मा पुषको तुलनामा महिला उद्यमीको संख्या दोब्बरले वृद्धि भएको छ ।

सरकारले महिला उद्यमीको लागि प्राथमिकता दिई बिशेष सुविधा दिएकोले महिला उद्यमीको संख्यामा बृद्धि भएको हो । 

घरेलु तथा साना उद्योग कार्यालय, चितवनको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७६–०७७ को ३ महिनाको अवधिमा पुरुष उद्यमीको सख्या २ सय ८२ रहेको छ भने महिला उद्यमीको संख्या ५ सय ३० मात्र रहेको छ ।  

महिला उद्यमीको सँंख्या बढेसंँगै महिला रोजगारको संख्यामा समेत वृद्धि भएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म पुरुष रोजगारको संख्या ५ सय २४ रहेकोमा महिला रोजगारको संख्या १ हजार २ सय ७७ देखिएको कार्यालयका निमित्त प्रमुख रमेश कुमार आचार्यले जानकारी दिनुभयो ।