पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गाँउमा सडक पुगेपछि घोडा खच्चडले काम पाउन छोडे

रुकुम । रुकुमका ग्रामिण स्तरमा समेत सडक पुगेपछि खच्चडले काम पाउन छोडेका छन् । सडक पुगेपछि सामान ढुवानीमा ट्याक्टर र ट्रकहरु प्रयोग हुनाले खच्चडले काम नपाएका हुन् । बर्षातको समयमा बाहेक अरु समयमा खच्चडहरु खाली हुने गरेका छन् ।

आज भोली छोटो दुरीका ठाँउमा सामान्य काममा मात्र खच्चड प्रयोग हुने खच्चड व्यवसायी मनोज बिकले बताउनुहुन्छ ।

बिगत तीन बर्षदेखि रुकुम पश्चिमको सदरमुकामदेखि आठबिसकोट, आठबिसडाँडागाँउ, स्यालाखदी, गोतामकोट तथा पुर्वी रुकुमको सिस्ने, तकसेरा, मैकोट लगाएतका ठाँउमा पनि सडक पुगेपछि खच्चडको माध्यमबाट सामान ढुवानी बन्द भएको छ ।
गाउँगाउँमा सडक पुगेसगै व्यवसायीहरु घोडा खच्चड बेचेर ट्याक्टर किन्ने बढेका छन् । कच्ची तथा भर्खर ट्रयाक खोलेका सडकहरुमा पनि ट्याक्टर मार्फत सरसमान ढुवानी गरेर आम्दानी गर्न सकिने भएपनि व्यवसायीहरु त्यसतर्फ आर्कषित भएका हुन ।