पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘प्रदेश प्रमुखहरुको परिवर्तन सरकारको क्षेत्राधिकार’

नवीन गिरी, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश प्रमुखहरुको परिवर्तन सरकारको क्षेत्राधिकार भित्रको विषय भएकाले यसमा धेरै टिकाटिप्पणी गर्न जरुरी नरहेको बताउनुभएको छ । 

प्रेस संगठन बाँकेले आज नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ‘प्रचण्ड’ ले सरकार फेरिएसंगै प्रदेश प्रमुखहरु परिवर्तन गर्नु सामान्य भएको बताउनुभयो । उहाँले  सरकार उदार भएर यसअघिका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको स्पष्ट पार्नुभयो । 

प्रदेश नम्बर ५ को स्थायी राजधानीका सम्बन्धमा सोधिएको प्रश्नमा अध्यक्ष ‘प्रचण्ड’ ले सबैलाई सुविधा हुने ठाउँमा राजधानी हुनुपर्ने बताउनुभयो ।