पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुदूरपश्चिमको औद्योगिक क्षेत्रमा ११७ उद्योग स्थापनाको प्रस्ताव 

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ । 

विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै गएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको अग्रसरताले अहिले गति लिएको छ ।

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्रको काम अगाडि बढिसकेको बताउनुभयो ।