पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सांगठनिक एकता चाँडै टुंग्याइने प्रवक्ता श्रेष्ठको भनाइ

रोहित काफ्ले, झापा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘ पार्टीभित्रको सांगठनिक एकताको काम चाँडै टुंग्याइने बताउनुभएको छ ।

नेकपा झापाको प्रचार विभागले आज विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको काम मूलभूत रुपमा सम्पन्न भइसके पनि सांगठनिक एकताका काममा केही प्राविधिक कुरा बाँकी रहेकाले त्यसलाई टुंग्याएर चाँडै पार्टीलाई महाधिवेशनमा केन्द्रीत गर्ने बताउनुभयो ।