पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपाले आइतबार उम्मेदवारकोे टुङ्गो लगाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भोली उम्मेदवारको टुङ्गो लगाउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको भोली घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन गरी छलफल शुरु भएको र भोलिको बैठकमा उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको बैठक भोलि पुनः बस्नेछ ।