पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इंग्ल्याण्डको एमसीसीको टोली काठमाडौंमा

काठमाडौं । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)को टोली नेपालविरुद्ध सिरिज खेल्न शनिबार दिउँसो काठमाडौं आइपुगेको छ । 

नेपाली राष्ट्रिय टिमविरुद्ध टी–२०, एकदिवसीय र तीन दिवसीय सिरिजका लागि आएको एमसीसीमा टोली नेपाल आएको हो । 

एमसीसीले काठमाण्डौ र पोखरामा गरी ६ वटा खेल खेल्ने छ । टोलीले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । 

नेपाल आएको एमसीसीको टिममा जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन् । 

यस्तै टिममा चार जना अफिसियल रहेका छन् । जसमा म्यानेजरमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स छन् ।

यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । 

एमसीसीसँग खेल्ने नेपाली राष्ट्रिय खेलाडीहरुको घोषण भइसकेको छ ।