पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरहामा डोगुं रोगीको संख्या १८ पुग्यो  


संजय विश्वकर्मा / रेडियो नेपाल 
लहान १३ , कार्तीक 

सिरहाको गोलवजार नगरपालिकामा फेरी  तिन जनामा डेंगु ज्वरोको संक्रमण  भेटीएको छ । गोलबजार ५ का  विरुकुमार सिँह , अन्केत महतो र गोलबजार ७ का कविता सिँहमा डेंगु सङक्रमित भेटीएको रामकुमार उमा प्रसाद अस्पताल लहानका प्रमुख सुनील  कुशवाहाले जानकारी दिनुभयो  ।  तिनै जना संक्रमितलाई  लहान अस्पतालमा उपचार भईरहेको  उनले बताए । हालसम्म  गोलवजार , लहान गरी  सिरहामा जम्मा १८ जनामा डेंगु ज्वरोको संक्रमण देखिएको छ ।