पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सवारी दुर्घटनामा छ जनाको मृत्यु, आगलागीमा करोडौँको क्षति    

काठमाडौँ । बितेका २४ घण्टामा काठमाडौँ, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जना र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।  
   
काठमाडौँ, पाल्पा, सङ्खुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका आगलागीका घटनामा दुई करोड एक लाख ५० हजार रु बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारीका युवराज गिरीको घरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्किएर हिजो चार वर्षीय युसन गिरी र महोत्तरीको रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित ‘टिरान्सा म्यानपावर’ को कार्यालयमा विद्युत् चुहावट भई आज बिहान आगलागी हुँदा  १५ लाख बराबरको फर्निचर लगायत धनमाल नष्ट भएको छ ।