पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान    

काठमाडौँ । राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान प्रदान गरिएको छ । 

मदन शिला प्रतिष्ठानद्वारा स्थापित पुरस्कारको राशि रु एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।     

यसैगरी, प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्नयन र दियालो साहित्यिक पत्रिकालाई प्रदान गरेको छ ।

ती पुरस्कारको राशि ५० हजारसहित सम्मानपत्र रहेको छ । 

त्यस अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यको आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गर्नुभयो । 

शताब्दी पुरुष सत्यमोहन जोशीले पुरुस्कृत व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।