पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमाः अध्यक्ष प्रचण्ड

बिपेन्द्र गौतम, पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्वन्ध नयाँ उचाईमा पुगेको बताउनुभएको छ ।

नेकपा पाँचथरले आज पाँचथरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका नेताबीच संक्रमणकालीन मुद्धा चाँडो टुङ्गयाउने विषयमा समझदारी भएको जानकारी दिनुभयो । 

नेकपाको एकताको काम अन्तिम चरणमा पुगेको र यस सम्वन्धमा हिजो प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।