पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काँङ्ग्रेसको माग    

काठमाडौँ । नेपाली काँङ्ग्रेसले संवैधानिक परिषद्ले सहमतिका आधारमा मात्र निर्णय गर्नुपर्ने माग गरेको छ । 

काँङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने ठहर गरेको छ । 
       
बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र संवैधानिक परिषद्को औपचारिक बैठक राख्दा राम्रो हुने सुझाव दिएको छ ।

बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा जानकारी गराउनुभएको थियो ।

पदाधिकारी बैठक पुनः भोली बसेर यही कात्तिक ७ गते बस्ने केन्द्रीय समितिमा छलफल हुने कार्यसूची तय गर्ने नेपाली काँङ्ग्रेसले जनाएको छ ।